बजारमा रायो सागको मूल्य घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांकअनुसार बुधबार कालीमाटी बजारमा रायो साग प्रतिकिलो थोक मूल्य ४० देखि ५० रूपैयाँमा कारोबार भएको छ।
यो अघिल्लो दिनको तुलनामा प्रतिकिलो १० रूपैयाँ सस्तो हो।
मंगलबार कालीमाटी बजारमा रायो साग प्रतिकिलो ५० देखि ६० रूपैयाँ पुगेको थियो।
केही समय अगाडि रायो सागमा विषादीको मात्रा अत्यधिक भेटिएको थियो। सोही कारण उपभोगमा कमी आउँदा मूल्य घटेको हो।