बजारमा गाजरको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांक हेर्दा बजारमा गाजर लोकल र तराई गरी दुई प्रकारको आउँछ।
शुक्रबार कालीमाटी बजारमा लोकल गाजर प्रतिकिलो थोक मूल्य न्यूनतम एक सयदेखि अधिकतम एक सय दश रूपैयाँ किलोमा कारोबार भइरहेको छ।
अघिल्लो दिनको तुलनामा यो प्रतिकिलो किलो दश रूपैयाँ महँगो हो। बिहीबार कालीमाटी बजारमा लोकल गाजर प्रतिकिलो ९० देखि एक सय रूपैयाँमा कारोबार भइरहेको थियो।
एक महिनाअघि कालीमाटीमा लोकल गाजर प्रतिकिलो थोक मूल्य ८० देखि ९० रूपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै, तराई गाजर बजारमा प्रतिकिलो थोक मूल्य ८० देखि ९० रूपैयाँमा कारोबार भइहरेको छ। एक महिनाअघि कालीमाटी बजारमा तराई गाजर ६० देखि ७० रूपैयाँमा कारोबार भइरहेको थियो।
आपूर्तिका आधारमा मूल्य घटबढ हुन्छ।
अहिले बजारमा गाजरको सिजन सकिन लागेकाले मूल्य बढिरहेको व्यवसायीहरू बताउँछन्।