हुण्डाइले आफ्नो नयाँ संकरण ‘द नेक्स्ट जेन भर्ना’ सार्वजनिक गरेको छ। नेपालको लागि हुण्डाइको आधिकरिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबार राजधानीमा ५ औँ जेनेरेसनको सेडान सार्वजनिक गरेको हो।
नाडाका अध्यक्ष अन्जन श्रेष्ठ र लक्ष्मी ईन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकर श्रेष्ठले संयुक्त रुपमा गाडी सार्वजनिक गरेका थिए।
यस संस्करणका गाडी संसारभर हालसम्म करिव ९० लाख युनिट बिक्रि भइसकेको कम्पनीले जनाएको छ। हुण्डाइको यो संस्करणको गाडी ६६ वटा देशमा बिक्री वितरण भइरहेको छ।
![](http://setopati.com/wp-content/uploads/2017/11/Hyundai-Verna-Launch-10.jpg)
यसमा आकर्षक बनौट र अत्याधुनिक विशेषता तथा सुविधा सम्पन्न भएको कम्पनीले दाबी गरेको छ। कम्पनीले यसको डिजाइन, प्रोफोमेन्स, फिचर्स र सेफ्टिमा कुनै सम्झौता नगरेको जनाएको छ।
![](http://setopati.com/wp-content/uploads/2017/11/Hyundai-Verna-Launch-8.jpg)
यो गाडीलाई बलियो बनाउनको लागि उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको र उक्त स्टिल हुण्डाइको आफ्नै प्लान्टमा तयार पारिएको लक्ष्मी इन्टरकन्टिनेन्टलका कर्पोरेट सेल्स म्यानेजर अनिश लामिछानेले जानकारी दिए।
तीन वटा भेरिएण्टमा उपलब्ध यो कारको मूल्य इएक्स को ४२ लाख ९६ हजार, एसएक्सको ४४ लाख ९६ हजार, इएक्स अटोमेटिकको ४६ लाख ९६ हजार तोकिएको छ।
![](http://setopati.com/wp-content/uploads/2017/11/Hyundai-Verna-Launch-7.jpg)
स्टारडस्ट, फ्न्यान्थम ब्ल्याक, पोलार ह्वाइट, फेरी रेड, सिल्क सिल्भर र सैना ब्राउन गरी ६ वटा रङहरुमा कार उपलब्ध छ।
भर्नाले २०१२ देखिनै नेपालीहरुको मन जितेको हुनाले यो पनि नेपालमा उत्तिकै लोकप्रिय हुने लक्ष्मी इन्टरकन्टिनेन्टलका सेल्स एण्ड मार्के्टिङ सहायक महाप्रवन्धक रुपेश शर्मा भट्टले दावी गरे।
‘यो गाडी पहिलेका संस्करण भन्दा धेरै इम्प्रुभ पनि छ, भारतमा बनेको हुनाले नेपाली माटो सुहाउँदो पनि छ’ भट्टले सेतोपाटीसँग भने।
![](http://setopati.com/wp-content/uploads/2017/11/Hyundai-Verna-Launch-6.jpg)
यसमा एलइडी टेल ल्याम्प, सार्क फिन एन्टेना, हुड क्यारेक्टर लाइन्स, मस्क्युलर ड्योल टोन बम्पर, रेयर क्रोम गार्निस, ७ इन्च टच स्क्रिन, कुल्ड ग्लोभ बक्स, डोरसाइड म्याप पकेट, उचाईँ मिलाउन सकिने सिट, रेयर सिट कप होल्डर, लगेज ल्याम्प लगाएत २१ वटा भन्दा धेरै अत्याधुनिक फिचर्स समावेश गरिएको छ।
यो कारको प्रतिस्पर्धामा होण्डा सिटी, फक्सवागन वेन्टो लगायत हुने कम्पनीले जनाएको छ। नेपालमा यो पेट्रोल भेरियन्टमा मात्र उपलब्ध हुनेछ।
कारको बारेमा थपक्षमता – १५९१ सिसी
पावर – १२३ पिएस २ ६४०० आर एमपी
टर्क – १५.४ केजिएम २ ४८५० आरएमपी
६ स्पिड म्यानुअर र अटोम्याटिक
अन्य सुविधाहुण्डाईका सम्पुर्ण गाडीको खरिदमा ३ वर्षको वारेन्टी, ४ बर्ष निशुल्क सर्भिसिङ पाहिने छ। यो सँगै कम्पनीले १ आर्थिक वर्षको सवारी कर चुक्ता समेत गरिदिने छ।
![](http://setopati.com/wp-content/uploads/2017/11/Hyundai-Verna-Launch-5.jpg)
![](http://setopati.com/wp-content/uploads/2017/11/Hyundai-Verna-Launch-2.jpg)
![](http://setopati.com/wp-content/uploads/2017/11/Hyundai-Verna-Launch-1.jpg)