नेपाल सरकारले पछिल्लो पाँच वर्षमा सवारी साधान खरिदमा २४ अर्ब भन्दा बढी खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यलयको तथ्याङ्कअनुसार सरकारले सावारी साधनमा २४ अर्ब ९ करोड ९९ लाख खर्च गरेको छ।
सरकारले आर्थिक वर्ष २०७५/७६ मा मात्रै ५ अर्व ८३ करोड ८९ लाख खर्च गरेको छ। यो अघिल्लो वर्षको तुलनामा कम हो।
आर्थिक वर्ष २०७४/७५ मा सरकारले ६ अर्व ६१ करोड ४५ लाख खर्च गरेको थियो भने आर्थिक वर्ष २०७३/७४ मा ६ अर्व ७३ करोड ३४ लाख खर्च गरेको थियो।
सरकारले सवारी साधनमा गर्न खर्च पछिल्लो २ वर्ष घट्दो रहेपनि आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ भन्दा २ तिहाई धेरै छ।
सरकाले गाडी खरिद गरेर आर्थिक वर्ष २०७१/७२ मा २ अर्व ७१ करोड ३३ लाख र आर्थिक वर्ष २०७२/७३ मा २ अर्व २१ करोड ९६ लाख खर्च गरेको थियो।
सवै भन्दा धेरै खर्च गर्यो रक्षाले
रक्षा मन्त्रालय र त्यस अन्तरगर्तको निकायले सवारी साधन खरिदमा ५ वर्षमा ११ अर्व ९३ करोड ६२ लाख खर्च गरेको छ। रक्षा मन्त्रालय, जङ्गी अड्डा, शैनिक हवाई महानिर्देशनालय, शैनिक कमाण्ड तथा स्टाफ कलेज र राष्ट्रिय सेवा दल गरी नेपाल सरकारले ५ वर्षमा खरिद गरेको सवारी साधनको खर्चको ४९.५२ प्रतिशत खर्च गरेको हो।