सुन्दर यातायात प्रालिले विद्युतीय सवारी साधन नेपालमै बनाउने भएको छ। सिचुवान गुहाङ अटोमोवाइल्स, बिएके चाइनिज कम्पनीको सहकार्यमा उक्त प्लान्ट बन्ने भएको हो।
रूपन्देहीको मोतिपुरमा प्लान्ट निर्माण गर्न लागिएको प्रालिका अध्यक्ष भेष बहादुर थापाले बताए। प्लान्ट १२ विघा क्षेत्रफलमा रहने छ।
कुल १ अर्बको लगानीमा निर्माण हुन लागेको उक्त प्लान्टमा ७५ प्रतिशत चिनीयाँ कम्पनीको र २५ प्रतिशत नेपालीको हिस्सा रहने छ।
उक्त प्लान्टबाट वार्षिक रूपमा १ हजार गाडी एसेम्बल गर्न सके पनि शुरूआतमा भने ५० वटा गाडी एसेम्बल गरिने अध्यक्ष थापाले बताए।
‘अबको ६ महिनाभित्र प्लान्ट निर्माण गरी ९ महिना भित्रमै उत्पादन सुरू गर्छौ’, अध्यक्ष थापाले भने।
प्लान्ट निर्माण भएपछि ६० जना स्थानीयले रोजगारी पाउने छन्। त्यसमा थप ७/८ जना चाइनिज प्राविधिक पनि रहने छन्।
प्रालिले अहिले काठमाडौंमा दुईवटा विद्युतीय गाडी चलाईरहेको छ।