एन आई सी एशिया बैंकले कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई २ लाख रकम छात्रवृत्ति वितरण गरेको छ । उक्त छात्रवृत्ति विद्यार्थीहरुको आगामी दिनको अध्ययनका लागि सहजता होस् भन्ने उद्देश्यले कालिकोट जिल्लाबाट माध्यमिक शिक्षा हासिल गरी काठमाडौंमा अध्ययनरत जेहेन्दार तथा द्वन्द पिडित विद्यार्थीहरुलाई प्रदान गरिएको हो ।
बैंकले मुलुकभर फैलिएको आफ्नो १९२ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको र भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ ।
यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकासका कार्यहरुमा योगदान पु¥याउन प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ ।
मुलुकभर गरी १९२ शाखा कार्यालयहरु, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा ब्रान्चलेस बैंकिङ्ग मार्फतबैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन एनआइसी एसिया बैंक सफल भएको छ ।
बैंकको वासलातको आकार रू १५५ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू १०६ अर्ब र कुल निक्षेप करिब रू १३० अर्ब पुगीसकेको छ ।
यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।