मनकामना हार्डवेयर एण्ड सप्लायर्सकाे नयाँ शाखा थली र सतुंगलमा सुरू भएकाे छ।
कार्यक्रममा शंकर ग्रुप नेपालका अध्यक्ष शंकरलाल अग्रवालले रिवन काटेर सुभारम्भ गरेकाे उक्त कार्यक्रममा नेपालकाे निर्माण सामग्री उत्पादन गर्ने प्राय: सबै उद्याेगका प्रमुख वा प्रतिनिधिहरू र निर्माण क्षेत्रसँग सम्बन्धित व्यवसायीहरूकाे उपस्थिति रहेकाे थियाे।
कार्यक्रममा अम्बे स्टिल्स, अम्बे सिमेन्ट, अर्घाखाची सिमेन्ट, बृज सिमेन्ट, अशाेक स्टिल्स इन्डस्ट्रिज, नारायणी स्टिल्स, राजेश हार्डवेयर, गाेयल स्टिल्स, ह्वासिन सिमेन्ट, हाेङ्सी सिमेन्ट, हुलास स्टिल्स, हुलास वायर इन्डस्ट्रिज, जगदम्बा प्लास्टिक, जगदम्बा इन्टरप्राइजेज, स्वस्तिक राेलिङ मिल्स, हुलास आइरन, मारूती सिमेन्ट, सिद्धिलक्ष्मी स्टिल्स , राजेश मेटल क्राफ्ट, पाल्पा सिमेन्ट, लक्ष्मी स्टिल, सर्बाेत्तम सिमेन्ट, शुभश्री जगदम्बा सिमेन्ट, प्रिमियम स्टिल, गाेयंका स्टिल, युनाइटेड सिमेन्ट लगायतका अन्य विभिन्न उद्याेगका प्रमुख र प्रतिनिधिहरू तथा निर्माण क्षेत्रसँग सम्बन्धित व्यवसायीहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे।
मुख्य कार्यालय बनेपा रहेकाे मनकामना हार्डवेयर एण्ड सप्लायर्सले बनेपा, भकुण्डे, सिन्धुली, बर्दिबास, नारायणगढ र थली काठमाडौंबाट आफ्नाे व्यवसाय गर्दै आएकाे छ।
मनकामना हार्डवेयरका सञ्चालक राम प्रसाद झाङले आजबाट काठमाडौं, भक्तपुर, धादिङ, नुवाकाेट आधार मानेर त्यहाँका हार्डवेयर तथा निर्माण व्यवसायीलाई सुलभ र सहजताकाे लागि याे शाखा सुरू गरिएकाे जानकारी दिए।
अर्का सञ्चालक सज्जन कुमार अग्रवालले हाम्राे याे शाखा विस्तारले काठमाडौं आसपासकाे ग्राहकहरूलाई अत्यन्त सहज र सजिलाे हुने बताए।
अहिले हामीले बागमती प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेशमा प्रत्यक्ष र देशैभरी सेवा दिँदै आएकाेमा अब देशका पूर्व र पश्चिमका अन्य सहरहरूमा समेत शाखा विस्तार गर्दै जाने बताए।
कार्यक्रममा सतुगंल शाखा प्रमुख राेशन पाठकले आजबाट सुरू गरिएकाे मनकामना हार्डवेयरकाे सतुंगल शाखालाई माया गरेर सेवा गर्ने अवसर दिन सम्पूर्ण निमार्णसँग सम्बन्धित उद्यमी र व्यवसायीहरूलाई आग्रह गरे।