हाम्रो पात्रो एपबाट सिधैँ टिकट खरिद गर्न सकिने नयाँ सुविधा उपलब्ध भएको छ।
यो डिजिटल युगमा प्रयोगकर्ताहरूलाई थप सजिलो बनाउन हाम्रो पात्रोले आफ्ना प्रयोगकर्ताहरूका लागि डिजिटल टिकट खरिदको विकल्प ल्याएको हो।
प्रयोगकर्ताहरूले अब विभिन्न भुक्तानी माध्यम प्रयोग गरी टिकट खरिद गर्न सक्नेछन्।
हाम्रो पे का साथै मोबाइल बैंकिङ र कनेक्ट आइपिएसको प्रयोग गरेर पनि टिकट खरिद गर्न सकिन्छ।
यो सुविधाले प्रयोगकर्ताहरूलाई कुनै एक भुक्तानी प्लेटफर्ममा मात्र निर्भर नरहन मद्दत गर्ने तथा भुक्तानी प्रक्रियालाई अझ सजिलो बनाउने उद्देश्य राखेको छ।
हाम्रो पे’का सिइओ शिशिर पोखरेलले भने, 'अब हाम्रो पात्रो प्लाटफर्ममार्फत विभिन्न कार्यक्रमहरूका टिकट सजिलै खरिद गर्न सकिनेछ। जसले कार्यक्रम आयोजक र दर्शकबीचको दुरी घटाउनेछ। हाम्रो पे का साथै मोबाइल बैंकिङ र कनेक्ट आइपिएसबाट टिकट खरिद सेवा दिन पाउँदा हामी निक्कै उत्साहित छौं।'
हाल हाम्रो पात्रोमा पाँचथर, फिदिममा फेब्रुअरी २४ मा आयोजना हुन लागेको 'जोन एण्ड द लोकल्स' को लाइभ कन्सर्टको टिकट उपलब्ध छ।
यस कन्सर्टमा देश तथा विदेशमा आफ्नो प्रस्तुतिले चर्चा कमाएको जोन एण्ड द लोकल्स ब्याण्डको सांगीतिक प्रस्तुति हेर्न पाइनेछ।
टिकट दर ४०० रूपैयाँदेखि पाँच हजार रूपैयाँसम्म निर्धारण गरिएको छ।
हाम्रो पे मार्फत टिकट खरिद गर्दा प्रयोगकर्ताहरूले ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन्।