भक्तपुर क्यान्सर अस्पतालमा रोजगारीको अवसर खुलेको छ।
अस्पतालले रेडियोथेरापी टेक्नोलोजिस्ट, फार्मेसी अधिकृत (सातौं तह), स्टाफ नर्स, फार्मेसी सहायक, रेडियोथेरापी टेक्निसियन (पाँचौं तह) र सहायक कम्प्युटर अपरेटर पद (चौथो तह) मा कर्मचारी माग गरेको हो।
अस्तपालले करार अवधिको लागि सातौं तहमा २ जना, पाँचौं तहमा ८ जना र चौथो तहमा १ जना गरी कुल ११ जना कर्मचारी माग गरेको हो।
सातौं तहको परीक्षा दस्तुर आठ सय, पाँचौं तहको ६ सय र चौथो तहको लागि चार सय रूपैयाँ तोकिएको छ।
इच्छुकले जेठ ९ गतेभित्र आवेदन दिन सक्नेछन्।
