नेको इन्स्योरेन्समा रोजगारीको अवसर खुलेको छ।
कम्पनीले दमक, विर्तामोड, काँकडभित्ता, फिक्कल, इलाम, फिदिम र ताप्लेजुङका लागि १० जना ट्रेनी एसिस्टेन्टदेखि जुनियर अफिसर माग गरेको हो।
ट्रेनी एसिस्टेन्टले कम्तीमा १०+२ र अधिकृत तहको लागि स्नातक तह उत्र्तीण भएको हुनु पर्नेछ। उच्च शैक्षिक योग्यता भएकालाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।
यस्तै, वित्तीय संस्था र मार्केटिङ क्षेत्रमा कामको अनुभव भएकालाई अत्यधिक प्राथमिकता दिइने पनि कम्पनीले बताएको छ।
इच्छुकले असार १२ गतेसम्म आवेदन दिन सक्नेछन्।