राइड सेयरिङ प्लेटफर्म इनड्राइभले यात्रुहरूका लागि रोमाञ्चक अफर ‘राइड मोर, विन मोर’ योजना ल्याएको छ।
यसयोजना अन्तर्गत प्रयोगकर्ताले इनड्राइभ एप प्रयोग गरी राइड बुक गरे आकर्षक पुरस्कार जित्ने सुनौलो अवसर प्राप्त गर्न सकिनेछ।
यो योजना साउन २७ गतेदेखि भदौ १४ गतेसम्म सञ्चालन हुनेछ। विजेताका लागि पुरस्कार स्वरूप १० वटा याडिया इ–८एस प्रो इलेक्ट्रिक स्कुटर र ३० वटा अल्टिमा वाच सर्कल स्मार्टवाच राखिएको छ।
इनड्राइभ प्लेटफर्मको मुख्य विशेषता स्वतन्त्रता, निष्पक्षता र पारदर्शिता रहेको इनड्राइभ नेपालका कन्ट्री रेप्रिजेन्टेटिभ रीता पोखरेलले बताइन्।
‘हामी सधैं प्रयोगकर्तालाई आफ्नो चालक आफैं छनोट गर्ने र प्रत्येक सवारीका लागि उचित मूल्य निर्धारण गर्ने स्वतन्त्रता प्रदान गर्छौ,’ उनले भनिन्, ‘यो योजना मार्फत नयाँ प्रयोगकर्तालाई पनि हाम्रो सेवाबाट प्राप्त हुने स्वतन्त्रताको अनुभव गर्न आमन्त्रण गर्दछौै। जति धेरै राइड, त्यति नै जित्ने मौका र अवसर हुनेछ।’
उनका अनुसार यो योजना सबै प्रयोगकर्ताहरूका लागि खुला गरिएको छ। सहभागी हुनको लागि प्रतियोगिता अवधिभर इनड्राइभ एप मार्फत राइड बुक गर्नुपर्ने छ।
योजना सम्पन्न भएपछि लक्की ड्र मार्फत योजनामा सहभागी भएकाहरुमध्येका विजेताहरूको नाम भदौ २० गते इनड्राइभको आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरू मार्फत सार्वजनिक गरिने कम्पनीले बताएको छ।