चौबीसै घन्टा व्यस्त रहने नागढुंगा-नौबिसे सडक शनिबारदेखि सुनसान छ।
सवारी साधनको आवाज र हर्नले गुञ्जिने नौबिसे-नागढुंगा खण्डमा शनिबारदेखि दिउँसोको समयमा पनि यातायात बन्द गरिएको छ।
बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडक खण्डकमा सवारी साधन पूर्ण रूपमा बन्द गरिएको छ।
त्यसकारण लामो जाम लाग्ने नागढुंगा-नौबिसे खण्ड अहिले सुनसान छ। बाटो मर्मतका लागि ठूला ठूला मेसिनहरू र त्यहाँ खटिएका कामदारहरूको आवाज मात्रै सुनिन्छ।
उक्त सडकखण्ड यसअघि रातमा बन्द गरेर काम हुँदै आएको थियो। मनसुन सम्मुखमा आइसक्दा काम चाँडै सक्नुपर्ने भएकाले दिउँसोको समयमा पनि सवारी साधन बन्द गरेर धमाधम काम भइरहेको छ।
सो अवधिमा काठमाडौंबाट जाने सवारी साधन नागढुंगामा र नौबिसेबाट आउने सवारीसाधन खानीखोलामा रोकिने व्यवस्था गरिएको छ।
तस्बिरहरूः
-1748241947.jpg)
-1748241947.jpg)
-1748241948.jpg)
-1748241948.jpg)
-1748241949.jpg)
-1748241949.jpg)
-1748241950.jpg)
-1748241950.jpg)
-1748241951.jpg)
-1748241951.jpg)
-1748241953.jpg)
-1748241953.jpg)
-1748241953.jpg)
-1748241954.jpg)
-1748241957.jpg)