सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको जब्दिघाट पुल भत्किएको वर्षौं बितिसक्यो।
२०७४ साउन २८ गते भासिएको सो पुल २०७८ असोजमा आएको बाढीले बीच भागको स्पान बगाउँदा अहिले त्यहाँबाट सवारी आवागमन ठप्प छ।
भत्किएको पुल कहिले निर्माण हुने हो निश्चित छैन।
पुल पप्पु कन्ट्रक्सनले बनाएको थियो।
सडक विभाग अन्तर्गत पुल निर्माण शाखाले गरेको प्राविधिक अध्ययन अनुसार सो पुल निर्माणमा निर्माण कम्पनीले गम्भीर लापरबाही गरेको छ ।
पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिवेदनमा जमिनमुनि १६ मिटरसम्म पाइल राख्नु पर्नेमा ५ मिटरसम्म मात्र राखिएको भेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
जसकारण पुलको भार वाहन क्षमता निकै कमजोर देखिएको हो।
पुल हस्तान्तरण नहुँदै पुलको पूर्वी भाग भत्किएको थियो।
यो पुल भासिएपछि बर्दिया सदरमुकाम गुलरिया आउजाउ गर्ने मोटर बाटो बन्द भएका छन् ।
पप्पु कन्ट्रक्सनलले १६ करोड ६८ लाख ४ हजार रुपैयाँ लगानीमा निर्माण भएको पुल उद्घाटन नहुँदै भासिएपछि बबई नदी वारपार गर्न यहाँका नागरिकलाई डुंगाको सहारा लिन परेको छ।
स्थानीय माघु थारु चौधरीका अनुसार सो पुल बगाउँदा बिरामी, बालबालिका र जेष्ठ नागरिक बढि मारमा परेका छन्।
'पुलको बाटो पूर्ण रुपमा बन्द छ, स्टिमरसम्म पुग्नका लागि पनि बालुवाको बाटो भएर २०-२५ मिनेट हिड्नु पर्छ,' उनले भने। मोटरसाइकल पनि बालुवामा धासिने भएकोले यात्रा गर्न कठिन भएको उनले बताए ।
निर्माण पूरा भएको एक वर्ष नबित्दै पुल भत्किएको थियो।
पप्पु कन्ट्रक्सनलले ०६८ असार २५ बाट पुल निर्माणको काम सुरु गरेको थियो।
तोकिएको भन्दा डेढ वर्ष ढिलो निमार्ण भएको पुलको लम्बाई ४३५ मिटर रहेको छ।
निर्माणपछि पुल हस्तान्तरण नहुँदै भासिएपछि सडक डिभिजन कार्यालय नेपालगन्जले २०७९ मंसिरमा पप्पुसँगको ठेक्का सम्झौता तोडेको छ।
जब्दिघाटमा स्टिमर संचालनमा छ।
स्टिमरमार्फत नदी पार गरेबापत एक जनाले १० रुपैयाँ शुल्क बुझाउनु पर्छ। साइकलको १० र मोटरसाइकलको १५ रुपैयाँ बुझाउन बाध्य छन्।
स्टिमर संचालनका लागि गुलरिया र बारबर्दिया नगरपालिकाले ठेक्का दिएका छन् । ठेकेदारले खसी, बोका पार गरेबापत समेत शुल्क लिने गरेको छ । खसी, बोकाको १० रुपैयाँ शुल्क बुझाउन सर्वसाधारण बाध्य छन् ।
यो घाटबाट दैनिक कम्तीमा दुई हजार सर्वसाधारण आउजाउ गर्छन्।
पुल पुनर्निर्माण नहुँदा सदरमुकाम गुलरिया आउन सर्वसाधारणले सास्ती खेप्नु परेको छ । पुल भएको बेला १५ मिनेटमा गुलरिया पुगे पनि डुंगामार्फत नदी तर्नुपर्ने भएकाले झण्डै एक घण्टा लाग्ने गरेको स्थानीयले जनाएका छन् ।
बबई नदीमा पर्ने जब्दिघाट खोला पुल मर्मत नहुँदा जनतालाई सास्ती भएको भन्दै नेपाली कांग्रेसका सांसद सञ्जय गौतम २०८० वैशाख ३० बाट रिले अनसन बसेका थिए।
सांसद गौतम अनसन बसेको चार दिनपछि जेठ ३ मा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पत्रकार सम्मेलन गरी सोही स्थानमा १० दिनभित्र नयाँ पुल निर्माणका लागि ठेक्का आह्वान गर्ने घोषण गरेका थिय।
तर, दुई बर्ष बितिसक्दा पनि ठेक्का आह्वान भएको छैन।
तस्बिरहरूः
-1762589801.jpeg)
-1762589802.jpeg)
-1762589802.jpeg)
-1762589802.jpeg)
-1762589800.jpeg)
-1762589803.jpeg)
-1762589804.jpeg)
-1762589804.jpeg)
-1762589805.jpeg)
-1762589805.jpeg)
-1762589805.jpeg)
-1762589803.jpeg)
-1762589803.jpeg)
-1762589801.jpeg)
-1762589801.jpeg)
-1762589800.jpeg)
तस्बिर: प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी।