सन् २०२१ मा इजरायलको तेल अभिभ संसारकै महँगो सहर बनेको छ। इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआइयू) ले विश्वभरका मानिसहरूको जीविकोपार्जन खर्चका आधारमा गरेको सर्वेक्षणअनुसार तेल अभिभ विश्वकै महँगो सहर बनेको हो।
अमेरिकाको न्यूयोर्कलाई आधार रेखा मानेर विश्वका १७३ भन्दा बढी सहरमा यो सर्वेक्षणमा गरिएको हो। सर्वेक्षणले संसारका १९ महँगा सहरको सूची सार्वजनिक गरेको छ।
सिएनएनका अनुसार तेल अभिभ अहिलेसम्म यो सूचीको यति माथि परेको थिएन। पछिल्लो समय त्यहाँ किराना सामान र यातायात खर्च निकै महँगो भएको छ।
सन् २०२१ मा बस्नका लागि संसारकै महँगा सहर क्रमैसँगः
- तेल अभिभ, इजरायल
- पेरिस (फ्रान्स) र सिंगापुर
- ज्युरिक, स्विट्जरल्यान्ड
- हङकङ
- न्यूयोर्क सिटी, अमेरिका
- जेनेभा, स्विट्जरल्यान्ड
- कोपेनहेगन, डेनमार्क
- लस एन्जलस, अमेरिका
- ओसाका, जापान
- ओस्लो, नर्वे
- सोल, दक्षिण कोरिया
- टोकियो, जापान
- भियना (अस्ट्रिया) र सिड्नी (अस्ट्रेलिया)
- मेलबोर्न, अस्ट्रेलिया
- हेलसिन्क (फिन्ल्यान्ड) र लन्डन (युके)
- डब्लिन (आयरल्यान्ड), फ्र्यांकफर्ट (जर्मनी) र सांघाई (चीन)