त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बिहीबार राति १ बजेदेखि बिहान ७ बजेसम्म उडान-अवतरण बन्द हुने भएको छ।
विमानस्थलमा विद्युत आपूर्ति अवरूद्ध हुने भएकाले सो समयमा उडान-अवतरण बन्द हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणकाअनुसार यात्रुको सुरक्षामा थप काम गर्नुपर्ने भएकाले विद्युत आपूर्ति प्रणालीलाई सुदृढीकरण गर्नका लागि 'अनलाइन युपिएस' जडान गर्न लागिएको हो।
प्राधिकरणले उक्त दिन यात्रुहरूले आफू यात्रा गर्ने सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गरेर आवश्यकता अनुसार व्यवस्था गर्न अनुरोध गरेको छ।