शिवपुरी राष्ट्रिय निकुञ्जस्थित गोकर्णेश्वर नगरपालिका–१ मा रहेको मानव निर्मित विशाल धाप बाँध ताल पछिल्लो समय पर्यटकहरूको नयाँ गन्तव्य बन्दै गएको छ।
बर्खाको समयमा पानी जम्मा गरेर हिउँदमा बाग्मती नदीमा बगाउने उद्देश्यले निर्माण गरिएको भए पनि काठमाडौंबाट नजिकै रहेको मनमोहक ताल हेर्न दैनिक सयौं पर्यटक पुग्छन्।
बाँध करिब १३ हेक्टरमा फैलिएको छ।
बाँध अवलोकन गर्न आउने पर्यटकहरूले तालको ७५ प्रतिशत भाग देखिनुका साथै सिजन अनुसार विभिन्न हिमशृंखला र निकुञ्ज भित्रका अन्य प्राकृतिक दृष्यहरूको समेत अवलोकन गर्न सक्नेछन्।
धाप बाँध पुग्न शिवपुरी–नागार्जुन निकुञ्ज हुँदै जानुपर्ने हुन्छ।
सुन्दरीजल, मुलखर्क, हिले भञ्ज्याङ हुँदै धाप जान सकिन्छ भने त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाको कागेश्वरी मन्दिरको दर्शन गर्दै बीच बाटोमै पर्ने मडिचुड दहको अवलोकन गर्दै पनि त्यहाँ पुग्न सकिन्छ।
धाप बाँधबाट अर्को पर्यटकीय गन्तव्य चिसापानी ३ किलोमिटरमात्रै पर छ। त्यहाँ पुगेर खाना खाजा खाएर पुन: काठमाडौं फर्कन सकिन्छ।
चाबहिलबाट बाँधसम्मको दूरी करिब ३५ किलोमिटरको रहेको हुनाले आफ्नै सवारी साधनको प्रयोग गरेर पनि पुग्न सकिन्छ।
त्यसैगरी, चाबहिल–साँखु–जहरसिंपौवा हुँदै पनि ताल पुगिन्छ। यो रूटबाट जाँदा ३३ किलोमिटरको दूरी पार गर्नुपर्छ।
धाप ड्याम निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले प्रतिव्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क लाग्छ। साथै, मोटरसाइकल र स्कुटरमा जाँदा प्रतिसाधन १५० रुपैयाँ र व्यक्तिको छुट्टै शुल्क गरी २५० रुपैयाँ तिर्नुपर्छ।
‘पर्यटकका लागि अहिले कुनै पनि आवश्यक पूर्वाधारहरू बनिसकेका छैनन्। केही समयमा सार्वजनिक शौचालय, बाँधको हेरचाहका लागि भ्यू पोइन्ट लगायतका आवश्यक पूर्वाधारहरूको निर्माण कार्य सुरू भइरहेको छ।
तस्बिरहरूः
-ink-1722673200.jpeg)
-ink-1722673203.jpeg)
-ink-1722673203.jpeg)
-ink-1722673201.jpeg)
-ink-1722673202.jpeg)
-ink-1722673201.jpeg)
-ink-1722673202.jpeg)
-ink-1722673202.jpeg)
-ink-1722673201.jpeg)
-ink-1722673204.jpeg)
-ink-1722673204.jpeg)
-ink-1722673204.jpeg)
-ink-1722673201.jpeg)
-ink-1722673200.jpeg)
-ink-1722673200.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।