Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, साउन २८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

भ्यू टावर

रवीन्द्र मिश्र

रवीन्द्र मिश्र

फोटो सौजन्य: गंगा सागर राई
फोटो सौजन्य: गंगा सागर राई

नयाँ बनेको भ्यू टावरबाट
दृश्यहरू नियालेर हेर्न
टुप्पैमा पुगेर सबैभन्दा पहिले
पूर्वतिरको दूरविनबाट चिहाएँ

पऽऽऽर चिया बगानमा अल्झिएको
थोत्रो धोती, चोलो र डोको देखेँ
छेउछाउका डाँडामा
ब्लेडले काटेको नाडी झैं
चिराचिरा धर्सा देखेँ
तिनै घाउबाट ठाउँठाउँमा बगेको
रगत देखेँ
गालामा परेको चाउरीका डोबमा
फाटेको मन देखेँ
विशाल कोशी नदीमा
सुनसान बगेको इतिहास देखेँ

विस्तारै पश्चिमतिरको दूरविनमा गएँ

पऽऽऽर सैपाल हिमाललाई छेकिरहेको
‘सुन्दर सुदूरपश्चिम’को सूचनापाटी देखेँ
भूकम्पपछिको भग्नावशेष जस्तो गाउँमा
छौपडीको गोठ देखेँ
त्यहीँबाट निकाल्दै गरेको
किशोरीको लाश देखेँ
झिँगैझिँगाले छोपेको
कुपोषित बालकको त्रास देखेँ
टनकपुरमा सुकेको महाकाली
र सुस्तामा रोएको कालापानी देखेँ

लामो सास फेर्दै उत्तरतिरको दुरविनमा पुगेँ

सेतो हिमालमा लेखिएको नेपालमा
पग्लिँदै गरेको हिउँ देखेँ
सगरमाथा चढ्ने विदेशीको लहरसँगै
तारे होटेलमा झुकेका नेताको शीर देखेँ
चोक्टा, चोक्टा पारेर काटिएको पहाड अनि
हरिया फाँटमा बेहिसाब ठडिएका घर देखेँ
पितापुर्खाले सजाइदिएको गजुर छोप्ने
कंक्रिटको कुरूप जंगल देखेँ
घरघरको कौशीमा पूजा कोठा देखेँ
शौचालयको ढल बागमतीमा मिसाएर
पशुपति दर्शन गर्नेको भीड देखेँ

दक्षिणतिरको दूरविनमा गएँ

पर, पर फैलिएको समतल भूमिमा
छियाछिया प्वाल परेका छाती देखेँ
शहीद परिवारका उजाड छाप्रोमा
आँशुमा टल्पलाएका आँखा देखेँ
बोराको टु्क्रा ओछ्याएर
चिसो छिँडीमा सुतेकी नानी देखेँ
शीत लहरले सास लानै लाग्दा
कक्रिएर अररो भएकी आमा देखेँ
उत्तर-दक्षिणबाट पेलिएर
निसास्सिँदै जागेका बुवा देखेँ

देश चिन्न भ्यू टावर चाहिने नै रहेछ
जहाँबाट मैले सिंगो देश देखेँ
दशकौंदेखि देश हाँक्नेहरूको
अनुहार देखेँ।

(रवीन्द्र मिश्रको फेसबुकबाट साभार)

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०७५  १२:४७
सिफारिस
रोशीको थाप्लामा चल्छन् सय डोजर, दाता गुहारेर राजमार्ग बनाउँदैछ सरकार
रोशीको थाप्लामा चल्छन् सय डोजर, दाता गुहारेर राजमार्ग बनाउँदैछ सरकार
पानी पर्दा चलाउन सजिलो, सेल्फ पार्किङ भएको इभी
पानी पर्दा चलाउन सजिलो, सेल्फ पार्किङ भएको इभी
भारतमा अब एक हजार मेगावाट बिजुली निर्यात
भारतमा अब एक हजार मेगावाट बिजुली निर्यात
बेलायतमा चलाउँछन् 'नेपाल फुड्स', २५ देशमा पुर्‍याउँछन् सामान
बेलायतमा चलाउँछन् 'नेपाल फुड्स', २५ देशमा पुर्‍याउँछन् सामान
गहना बेचेर घरबाटै थालेको व्यवसाय, एक वर्षमै १३ जनालाई जागिर
गहना बेचेर घरबाटै थालेको व्यवसाय, एक वर्षमै १३ जनालाई जागिर
भारत उत्तराखण्ड बाढीमा २६ नेपाली अझै सम्पर्कविहीन, दूतावासले सार्वजनिक गर्‍यो सूची
भारत उत्तराखण्ड बाढीमा २६ नेपाली अझै सम्पर्कविहीन, दूतावासले सार्वजनिक गर्‍यो सूची
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची
इलामको सानो पसलबाट सुरू भएर उद्योगको साम्राज्य बनेको पञ्चकन्या
इलामको सानो पसलबाट सुरू भएर उद्योगको साम्राज्य बनेको पञ्चकन्या
'हामीले दोहोरो नागरिकता पाउँछौं र पाउनुपर्छ'
'हामीले दोहोरो नागरिकता पाउँछौं र पाउनुपर्छ'
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

बडाहाकिमको मान्छे!
साइकलमा देखेको सपना!
बाबुको सपना!
उजेली घरमा छैन!
रिसाउनु हुँदैन!
प्रेमको यात्रा!

विचार

राजन पाण्डे
ती विद्यार्थी सम्झिँदा म आज पनि नतमस्तक हुन्छु राजन पाण्डे
डा. पुष्प राज पन्त
पानीमा डुब्ने घटना रोकथामका सरल उपाय डा. पुष्प राज पन्त
गोविन्द लुइँटेल
सरकार! म शिक्षक नै रहन पाऊँ गोविन्द लुइँटेल
केशव दाहाल
गगन थापाको निधारको टीका! केशव दाहाल

ब्लग

उज्ज्वल प्रजापति
नाचगानको राजधानी भक्तपुर! उज्ज्वल प्रजापति
खेम गैह्रे
बाँदर गाउँ पसे, मान्छे सहर! खेम गैह्रे
रीता ढकाल
बेलायत बसाइको तीन वर्ष! रीता ढकाल
सौरभ थापा श्रेष्ठ
५०० वर्ष पुरानो मल्लकालीन नाच सौरभ थापा श्रेष्ठ

साहित्यपाटी

शंकर अविवेकी
बडाहाकिमको मान्छे! शंकर अविवेकी
दिपक भट्ट (प्रकाश)
साइकलमा देखेको सपना! दिपक भट्ट (प्रकाश)
गणेशप्रसाद भट्टराई
बाबुको सपना! गणेशप्रसाद भट्टराई
त्रिलोचन सुवेदी
उजेली घरमा छैन! त्रिलोचन सुवेदी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP