ब्लडहाउन्ड सुपरसोनिक कार आगामी अक्टोवर २६ मा पहिलोपटक सडकमा आउने भएको छ। यो कार प्रतिघण्टा १ हजार ६ सय किलोमिटर रफ्तारमा कुद्न सक्ने बताइएको छ।
अर्को वर्ष दक्षिण अफ्रिकामा रफ्तारको सबै रेकर्ड तोड्नको लागि पठाइनु भन्दा पहिला इन्जिनियरहरु सबैभन्दा धेरै स्पिडको परीक्षण गर्न चाहन्छन्। अहिले सर्वाधिक स्पिडको रेकर्ड १२ सय २८ किलोमिटर प्रतिघण्टा रहेकोमा ब्लडहाउन्ड सुपरसोनिकले दुइ चरणमा १२ सय ४७ किलोमिटर प्रतिघण्टा र १६ सय ९ किलोमिटर प्रतिघण्टाको रफ्तारको गति लिने विस्वास लिइएको छ।
न्यूकेको ट्रायल तिब्र गतिको रेकर्डका लागि भने होइन। यस एअरपोर्टको लम्बाइ २ हजार ७ सय ४४ मिटर रहेकोले कारले यहाँ पूर्ण गति लिन सक्दैन।
ड्राइभर एन्डी ग्रीनले कारलाई करिब ३ सय २२ किलोमिटर प्रतिघण्टाको गतिमा चलाउने बताइएको छ। जसमा कारको यूरोफाइटर–टाइफून जेट इन्जिन प्रयोग गरिनेछ।
यो कार पुरै तयार नभएका कारण अतिरिक्त गति दिनका लागि रकेट मोटर प्रयोग गरिएको छैन।