एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थल सरसफाईमा विदेशी सिप र प्रविधि प्रयोग हुने भएको छ। विदेशीहरुको प्रवेशद्वारको रुपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल फोहोर हुँदा नेपालको सन्देश राम्रो नजाने भन्दै गैरआवासिय नेपाली संघ(एनआरएन)ले विदेशी सिप र प्रविधिको प्रयोग गरेर सरसफाई गर्ने भएको छ।
विमानस्थलमा रहेको अन्तर्राष्ट्रिय टर्मिनलमा सरसफाई गर्नको लागि विदेशमा भएको अभ्यास र त्यहाँ काम गरिरहेकाहरुलाई यहाँ ल्याएर सहयोग गर्ने प्रतिबद्धता जनाएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।
विमानस्थलमा सफाईमा खटिएका हालका कर्मचारीहरुलाई तालिम दिएर सँधै सफा राख्न सहयोग पु¥याउने प्रतिबद्धता भएको र सोही अनुसार सम्झौता भएको ठाकुरले बताए।
एनआरएनले रातिको १२ बजेदेखि विहान ३ बजेसम्मको समयमा सरसफाई काम गर्ने जानकारी गराएको ठाकुरले बताए।