धरान उप–महानगरपालिकामा पनि नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ। मेयर पदका उम्मेदबार तिलक राईले बिहानको नतिजा सार्वजनिक हुँदा ५ सय मत ल्याएर अग्रता बनाएका छन्। उनका प्रतिद्वन्दी नेकपा एमालेका तारा सुब्बाले २ सय ८२ मत ल्याएका छन्।
उप–मेयर पदमा नेपाली कांग्रेसकी श्यामा रेग्मीले ४ सय ९५ मत प्राप्त गरेकी छिन्। उनी अग्रस्थानमा छिन्। उनलाई एमालेकी प्रतिद्वन्दीले ३ सय ३ मत ल्याएर पछ्याइरहेकी छिन्।