बुटवल उपमहानगरपालिकामा कांग्रेस/माओवादीको संयुक्त गठबन्धनलाई पन्छाउँदै एमालेले अग्रता लिएको छ।
सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार शिवप्रसाद सुवेदीले २०१७ मतसहित अग्रता लिएका छन्। सुवेदीलाई कांग्रेस/माओवादी गठबन्धनका खेलराज पाण्डेले १६१० मत ल्याएर पछ्याइरहेका छन्।
यस्तै उपप्रमुखमा एमालेकै गोमा आचार्यले २१७२ मत ल्याएर अग्रता लिइरहेकी छन्।
उनलाई कांग्रेस/माओवादी गठबन्धनका गजतबहादुर पोखरेल १११० मत ल्याएर पछ्याइरहेका छन्।