यस महिनाको फिफा वरियतामा नेपाल थप एक स्थान तल झरेको छ। विहिबार सार्वजनिक वरियतामा नेपाल १ सय ७० स्थानमा झरेको हो। गत महिना नेपाल १ सय ६९ स्थानमा थियो।
दक्षिण एसियाली देशमा नेपाल भुटानभन्दा ६ स्थान तल झरेको छ। भुटान दुई स्थान माथि उक्लिँदै १ सय ६४ मा पुगेको छ। अफगानिस्तान १ सय ६० र माल्दिभ्स १ सय ९९ स्थानमा छ। भारतले भने अभूतपूर्व सफलता हात पारेको छ। नेपाललाई मैत्रीपूर्ण खेलमा २–० गोलले पराजित गरेको भारतले ४ स्थान सुधार गर्दै ९६ मा पुगेको छ। भारतले एसियन कप छनोटमा कीर्गिस्तानलाई पनि १–० ले पराजित गरेको थियो।
भारतको उत्कृष्ट फिफा वरियता ९४ हो। सन् १९९६ को फेब्रुअरीमा भारतले ऐतिहासिक उपलब्धि चुमेको थियो। अहिले भारत २१ वर्ष अगाडिको उपलब्धिभन्दा २ स्थान मात्र माथि छ।
नेपालभन्दा तल बंगलादेश १ सय ९०, श्रीलंका १ सय ९७ र पाकिस्तानको २ सय स्थान छ।