मध्यमाञ्चलका अजितकुमार यादवले एथलेटिक्सतर्फ छात्र १ हजार ५ सय मिटर दौडमा विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
अजितले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा विहिबार शुरु भएको नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन निर्धारित दूरी ४ मिनेट ०३.३८ सेकेन्डमा पूरा गर्दै आफैले अघिल्लो संस्करणमा बनाएको ४ मिनेट १४.५ सेकेन्डको कीर्तिमानमा सुधार गरे। सुदूरपश्चिमाञ्चलका सुनील सुनार दोश्रो र मध्यपश्चिमाञ्चलका माधवकुमार चौधरी तेश्रो भए।
सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी राममाया बुढाले ५ मिनेट १७.०४ सेकेन्डमा दूरी पुरा गर्दै पहिलो भइन्। मध्यपश्चिमाञ्चलकै आशा राउत दोश्रो र मध्यमाञ्चलकी हुमी बुढा मगर तेश्रो भइन्।
राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको छात्र लङजम्पमा पश्चिमाञ्चलका प्रभु थारु पहिलो भए। उनले १.६० मिटर उचाईं नाघे। पश्चिमाञ्चलकै महेन्द्र कार्कीले रजत तथा मध्यपश्चिमाञ्चलका सुजन चौधरीले कास्य जिते। छात्रामा सुदूरपश्चिमाञ्चलकी गायत्री चौधरीले १.३८ मिटर उचाईं नाघ्दै शीर्ष स्थानमा रहिन्। पश्चिमाञ्चलकी कुसुम राना मगर दोश्रो र मध्यमाञ्चलकी नेलिना श्रेष्ठ तेश्रो भए।
कराते ः अनिल पहिलोलैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको करातेको छात्र ४२ केजीमा मध्यमाञ्चलका अनिल उपरकोटी पहिलो भए। फाइनलमा उनले पश्चिमाञ्चलका बुद्ध लामालाई पराजित गरे। ४७ केजीमा मध्यमाञ्चलका साजन लामाले स्वर्ण चुमे। उनले उपाधि भिडन्तमा मध्यपश्चिमाञ्चलका गोपाल घर्ती मगरलाई हराएको रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन्।
छात्राको ४० केजी फाइनलमा मध्यमाञ्चलकी जिया खड्गीले पश्चिमाञ्चलकी मंगला बुढा मगरलाई पाखा लगाउदै स्वर्ण जितिन्।
उसु ः दुई स्वर्णका लागि भिडन्तत्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको उसुको पहिलो दिन दुई स्वर्णको टुंगो लागेको छ। छात्र र छात्रामा ३–३ गरी जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ।
छात्र छाङ छ्वानमा मध्यमाञ्चलका राजिव तामाङ पहिलो भए। उनले सर्वाधिक ९.१५ अंक जोडे। मध्यमाञ्चलकै रविन तामाङ दोश्रो तथा सुदूरपश्चिमाञ्चलका पावल कार्की तेश्रो भए। उक्त स्पर्धाको छात्रामा मध्यमाञ्चलकी अनु राई ७.९० अंकसाथ पहिलो भइन्। मध्यमाञ्चलकी रविना गमाल दोश्रो भइन्।
भलिबल ः मध्यमाञ्चलको दोहोरो जितत्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको छात्रा भलिबलमा मध्यमाञ्चलले दोहोरो जित निकालेको छ। पहिलो खेलमा मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–७ र २५–९ ले पराजित ग¥यो भने अर्को खेलमा पश्चिमाञ्चललाई २५–१३ र २५–१० ले हरायो। त्यस्तै पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–१० र २५–१६ तथा मध्यपश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–१४, १६–२५ र २५–१४ ले निराश पारे।
छात्रमा भने मध्यमाञ्चलले मिश्रित नतिजा निकाल्यो। सुदूरपश्चिमाञ्चललाई २५–१९ र २५–१२ ले हराएको मध्यमाञ्चल पश्चिमाञ्चलसंग भने १८–२५ र १७–२५ ले चुक्यो। अर्को खेलमा पनि जित हात पार्ने क्रममा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–१३ र २५–१९ ले पन्छायो। पूर्वाञ्चल विरुद्ध जित आत्मासात् गरेको मध्यपश्चिमाञ्चलले ३३–३१ र २५–२२ को प्रदर्शन ग¥यो।
फुटबल ः मध्यपश्चिमाञ्चल सेमिफाइनलमात्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको नकआउट फुटबलको छात्रमा मध्यपश्चिमाञ्चल र मध्यमाञ्चल सेमिफाइनलमा पुगेका छन्। मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई ४–१ तथा मध्यमाञ्चलले पूर्वाञ्चललाई २–० गोलअन्तरले पराजित गरे।
छात्रामा मध्यमाञ्चल मध्यपश्चिमाञ्चललाई ३–१ तथा पश्चिमाञ्चलले पूर्वाञ्चललाई ३–० ले हराउदै सेमिफाइनल यात्रा तय गरे।
प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमबीच उद्घाटन गरिन्।