जिल्लाका तीनजना उद्यमी युवा पुरस्कृत भएका छन्। युवा समिति लमजुङले जिल्लामा रही उद्यम गरेका तीनजनालाई हालै यहाँ सम्मान गरेको हो।
व्यवसाय, कृषि र विज्ञान प्रविधि विधामा तीनजनालाई सम्मान गरेको हो। सम्मानित हुनेमा जिल्लामै पहिलो पटक रोज नर्सरी सञ्चालन गर्ने हुमा गुरुङ, अल्लो उद्यमी पार्वती गुरुङ र अल्ट्रालाइट बनाउने रदी मियाँलाई सम्मान गरेको हो।
उनीहरुलाई एक कार्यक्रमबीच नगद सात हजार रुपैयाँ र सम्मानपत्रद्वारा सम्मानित गरिएको हो। स्वदेशमै रहेर उद्यमशीलतातर्फ लाग्न अझै प्रेरणा मिलोस् भन्दै सम्मान कार्यक्रम राखिएको युवा समितिले लमजुङले जनाएको छ। रासस