खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण यहि भदौ ३ मा अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ। अमेरिकाको कोलोराडोमा हुन लागेको उक्त ग्लोबल नेपाली फिल्म अवार्डको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
सन् २०१६ मा पहिलो पटक अमेरिकामा आयोजना भएको अवार्डको ख्याति सँगै संसारभरका नेपालीहरुले उक्त ग्लोबल नेपाली फिल्म अवार्डलाइ चासोको साथ हेरेका छन्। खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करणमा संसारभर छरिएर बसेका नेपाली कलाकारहरुको जमघट हुनेछ। कार्यक्रममा मुख्यतया क्यानडा, अस्ट्रेलिया, बेल्जियम, जर्मन, लन्डन, जापान फ्रान्स, ईटलि तथा विश्वको विभिन्न देशहरुबाट आउने सम्पुर्ण नेपाली कलाकारहले उपस्थिति जनाउनेछन्।
नेपाल तथा अमेरिकाको ७० औ फ्रेन्डसिप साठ गाठ बर्ष मनाउने सुअवसरमा हुन गईरहेको यस अवार्डको दोस्रो संस्करणले दुई देश बिचको सम्बन्धलाई अझ प्रगाड बनाउने र दुई देश बिचको भाषा संस्कृति तथा चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा अझ मजबुत बनाउन सहयोग पुग्ने अध्यक्ष नवराज श्रेष्ठले बताए।
नेपाली चलचित्र गाउँदेखि विश्व सम्म भन्ने नाराका साथ नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रर्दशन प्रबर्धन गरि नेपाली कला संस्कृतिलाई विश्वसामु चिनाउने उद्धेश्यले कोलोराडोमा आयोजना हुँदै आएको ग्लोबल नेपाली फिल्म अवार्ड आगामी दिनहरुमा विश्वको अन्य मुलुकहरुमा समेत आयोजना गर्दै लैजाने अध्यक्ष श्रेष्ठले बताए।
नेपाल फिल्म सोसाइटीले पहिलो खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड गत वर्षको नोभेम्बर १२ मा अमेरिकाको कोलोराडो राज्यको डेन्भरमा सम्पन्न गरेको थियो। दोस्रो संस्करणको अवार्ड सोही स्थानको होटेल क्राउन प्लाजामा गरिने जनाइएको छ।
अवार्डको संयोजकमा संचारकर्मी शैलेश पोखरेल रहेका छन्। कार्यक्रमको मुख्य प्रायोजक शेर्पा ब्रुअरी तथा सह प्रायोजकमा सिटौला ब्रदर्स रहेको अध्यक्ष श्रेष्ठले बताए। अवार्ड कार्यक्रममा नेपालबाट नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल र निर्माता नायक मदु कुमार श्रेष्ठ आयोजक कमिटिमा रहेका छन्।