सप्तरीको हनुमानगर कङ्कालनी नगरपालिका–१४ डलुवास्थित खाल्डोमा डुबेर आज एक बालकको मृत्यु भएको छ।
प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीका अनुसार स्थानीय पाँच वर्षीय इनदल यादवको मृत्यु भएको हो। शौच गर्न कोशी नदीको किनार जानेक्रममा उनी खाल्डोमा डुबेका थिए।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिएको छ। रासस