काठमाडौं जिल्ला अदालत परिसर बबरमहलमा अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको छ।
सहकारी पीडितका तर्फबाट वकिल रहेका त्रिपाठीमाथि अदालत परिसरमा बुधबार अपराह्न हातपात भएको हो।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेको थुनछेक आदेश आउनुअघि त्रिपाठीमाथि हातपात भएको हो।
‘रविलाई थुनाउने यही हो भन्दै ममाथि हातपात गरे,’ त्रिपाठीले सेतोपाटीसँग भने।
त्रिपाठीमाथि हातपात आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका व्यक्तिको नाम प्रहरीले खुलाएको छैन।
काठमाडौं अदालत परिसरमा रास्वपा समर्थकहरू पनि भेला भएका छन्।
साथै काठमाडौं अदालत परिसरमा रास्वपा कार्यवाहक सभापति डिपी अर्याल, सांसदहरू सोबिता गौतम, चन्दा कार्की, हरि ढकाल, नेता दीपक बोहरा र रमेश प्रसाईंलगायत पनि उपस्थित छन्।
अहिले अदालत परिसरमा ठूलो संख्यामा प्रहरीहरू परिचालन गरिएको छ।
तस्बिरहरू: