बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई भेटेका छन्।
बिहीबार सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच संघीय सरकार र प्रदेश सरकारबीच सहकार्य गरेर अघि बढ्ने विषयमा कुराकानी भएको थियो।
भेटमा उपप्रधानमन्त्री सिंहले मुख्यमन्त्री बानियाँलाई बधाई दिएका थिए।
सफल, पारदर्शी र जनमुखी कार्यकालको उनले शुभकामना दिएका थिए।
बाग्मती प्रदेशका प्रमुख सहरी पूर्वाधार निर्माण, स्मार्ट सिटी परियोजना, यातायात व्यवस्थापन, अव्यवस्थित बसोबासको पुनः व्यवस्थितीकरण र वातावरणमैत्री विकासका कार्यक्रमबारे उनीहरूबीच कुराकानी भएको मन्त्री सिंहको सचिवालयले जनाएको छ।