नेपाल सद्भावना पार्टीलाई पुनःगठन गरिएको छ।
काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष अनिलकुमार झाले पार्टी पुनःगठित गरी अघि बढेको बताए।
बुधवारमात्रै पार्टीको पुनःगठनलाई निर्वाचन आयोगले स्वीकृति दिएको थियो।
आफ्नो पुरानो सैद्धान्तिक प्रतिबद्धता पूरा गर्नेगरी अघि बढ्ने उनले बताए।
पार्टीले मधेस आन्दोलनका शहीदहरूको प्रतिमा स्थापना र सम्मान गर्नमा भइरहेको अशोभनीय र अमर्यादित कार्यको भर्त्सना गरेको छ।
मधेस आन्दोलनका शहीदहरुको अन्य आन्दोलनका शहीदसरह सम्मान स्थापित गराउन पार्टी प्रतिवद्ध रहेको उनले बताए।
पार्टीले हाल मधेसमा देखिएको भूमिगत जलको कमीप्रति गम्भीर हुन पनि आग्रह गरेको छ।
एकल महिला, वृद्धवृद्धाको जीवनयापन, आत्मसम्मान एवं स्वास्थ्योपचारको जिम्मेवारी राज्यले लिनुपर्ने उनले माग गरे।
झाले लोसपाको वरिष्ठ उपाध्यक्षबाट राजीनामा दिएर नेपाल सद्भावना पार्टी ब्युँताएका हुन्।
(न्युज एजेन्सी नेपाल)