कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको सरूवा भएको छ।
भट्टराईलाई विभागको महानिर्देशकबाट निर्वाचन आयोगमा सरूवा गरिएको गृह मन्त्रालयले जनाएको हो।
साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आयोगमा सरूवा गर्ने निर्णय गरेको हो।
यस्तै उनको ठाउँमा सहसचिव लिलाप्रसाद शर्मालाई आएका छन्। यसअघि उनी गृह मन्त्रालयमै कार्यरत थिए।