जनमत पार्टीले पेशागत कानुन व्यवसायी संघ गठन गरेको छ।
अधिवक्ता उपेन्द्रकुमार साहको नेतृत्वमा १२ सदस्यी तदर्थ समिति गठन गरेको जनमतका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।
नवगठित कानुन व्यवसायी संघको सहसंयोजकमा रञ्जितकुमार साह चुनिएका छन्।
सचिवमा रामछविलाल यादव र सहसचिवमा राहुलकुमार रजक चयन भएका छन्।
त्यस्तै, कोषाध्यक्षमा पिटरजंग कुँवर र सदस्यहरूमा अधिवक्ता हरिप्रसाद साह, घुरण साह, गौरीशंकर महतो, दिव्या सिंह, लक्ष्मी ठाकुर, काजल चौधरी, सुरेश सुनार चुनिएका छन्।
नवगठित कमिटीले केन्द्रीय विधान मस्यौदा समिति गठन गर्ने र जिल्ला कमिटी विस्तार गर्ने निर्णय पनि गरेको छ।