सत्तारूढ नेकपा (एमाले)का सांसद प्रभु हजाराले विद्यालय शिक्षा विधेयकमा अहिले देशकै नजर रहेकाले यसलाई छिटो भन्दा छिटो पारित गर्नुपर्ने बताएका छन्।
बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयक घनिभूत छलफल गरी अन्तिम चरणमा पुर्याइएको बताउँदै अब यसलाई चाँडो टुंग्याउनुपर्ने बताएका हुन्।
'हामी अन्तिम चरणमा पुगेका छौँ । विभिन्न सरोकारवालाहरुको यस विधेयकमा चासो थियो । देशकै नजर शिक्षा विधेयकमा रहेको छ,' उनले भने।
उनले प्रारम्भिक बालविकास परिषद् सम्बन्धी २ को २१ मा १२ कक्षा भनिएको तर त्यो भन्दा १० भन्दा नै सुहाउने बताए।
'विद्यालय व्यवस्थापन समिति भनिएको छ, महिला र दलितलाई भनिएको थियो, यहाँ दलित शब्द छुटेको छ । समावेशी मात्रै भनेपछि समस्या आउँछ । शब्द नै आउनुपर्छ । आवासीय छात्रावृत्तिको कुरा आएको छ,' उनले भने। -न्युज एजेन्सी नेपाल