चितवनस्थित नारायणघाट-मुग्लिन सडक खण्डमा खसेको भीमकाय ढुंगो फोर्न थालिएको छ।
हेटौंडाबाट ल्याइएको रक ब्रेकरले आइतबारदेखि ढुंगो फोर्न थालेको हो।
सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनियर शिव खनालका अनुसार साँझसम्ममा ढुंगो फोरिसक्ने योजना छ।
यसअघि मुग्लिनबाट रक ब्रेकर लैजाने भनिए पनि पहिरोका कारण सम्भव नभएपछि हेटौंडाबाट ल्याइएको थियो।
रक ब्रेकरले ढुंगा फोर्दा बाटो एकतर्फी रूपमा चलिरहेको छ।
गत बिहीबार दासढुंगाबाट केही अगाडि १४ किलो भन्ने ठाउँमा ठूलो ढुंगो माथि पहाडबाट सडकमा खसेको थियो।