इसाई धर्मावलम्बीको महान चाडको रूपमा मनाइने क्रिसमसको पूर्वसन्ध्यामा ललितपुरको एजम्प्सन चर्चमा प्राथना गर्दै मनाइएको छ।
डिसेम्बर २५ मा पर्ने क्रिसमसको पूर्व सन्ध्यामा इशाइ धर्मावलम्बीहरू चर्चमा भेला हुने गर्छन्। चर्चमा भेला भएर प्रार्थना गर्ने गर्छन्।
चर्चलाई झिलिमिली बत्तीले पनि सजाउने गरिन्छ।
विश्वभर नै यशु ख्रिष्टको जन्मदिनमा क्रिसमस मनाउने चलन छ। नेपालमा पनि पछिल्ला वर्षमा धुमधामले क्रिसमस मनाउने चलन बढेको छ। इसाई धर्मावलम्बी ले मात्र नभई सबैले यस दिनलाई पर्वको रूपमा मनाउँछन्।
अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा जिसस क्राइस्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मावलम्बीले आज क्रिसमस इभ मनाइएको हो।
दुई हजार वर्षअघि जेरूसेलमको बेथलेहममा मारियमको कोखबाट जिसस क्राइस्टको जन्म भएको मानिन्छ।
उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
क्रिसमस डेमा इसाई धर्मावलम्बीहरूले येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गर्छन्।
तस्बिरहरूः