गृहमन्त्रीको साथी हुँ भन्दै धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काभ्रे बनेपा नगरपालिका-३ घर भएका ५० वर्षीय राजकुमार श्रेष्ठलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।
आफू गृहमन्त्रीको साथी हुँ भनि विभिन्न कार्यालयका राष्ट्रसेवक कर्मचारीहरूलाई टेलिफोन मार्फत गाली गलौच, डरत्रास तथा धाक धम्की दिई दैनिक काम काजमा समेत बाधा अवरोध गरेको भन्ने सूचना प्रहरीले पाएको थियो।
उक्त सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनलाई राष्ट्रसेवक कर्मचारीलाई काम काजमा बाधा विरोध गर्न नहुने कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।