अनलाइनखबरडटकमको प्रधान सम्पादकमा बसन्त बस्नेत नियुक्त भएका छन्।
उनी यसअघि अनलाइनखबरडटकमकै सम्पादक थिए।
प्रधान सम्पादक शिव गाउँलेले पदबाट राजीनामा दिएपछि अनलाइनखबर नेपाल प्रालिको सञ्चालक समितिको बिहीबारको बैठकले प्रधान सम्पादकको जिम्मेवारी बस्नेतलाई दिएको हो।
बस्नेतले यसअघि शिलापत्रडटकममा प्रधान सम्पादक, नेपाल म्यागेजिनमा सम्पादक, अन्नपूर्ण टुडेमा सम्पादक, अन्नपूर्ण पोस्ट दैनिकमा समाचार सम्पादक, कान्तिपुर र नागरिक दैनिकको संवाददाताका रूपमा काम गरिसकेका थिए।
उनको '०७२ को विस्मय', महाभारा र सिमसारा पुस्तक प्रकाशित छ।