पर्वतमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
विहादी गाउँपालिका-६ शालिग्रामका २२ वर्षीय वसन्त विक पक्राउ परेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालय हुवासबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो।
विकविरूद्ध १३ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।