हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।
दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने पूर्वानुमान छ।
त्यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ।
शनिबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।
राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै कोशी प्रदेश, मधेश प्रदेश र बाग्मती प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै राति पनि देशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ।