सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन्।
खोटाङको दिप्रङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रूपक पौडेल खत्री कारागारबाटै भागेका हुन्।
उनी मंगलबार राति कारागारबाट भागेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिए।
उनका अनुसार खत्रीलाई जबरजस्ती करणी मुद्दामा थुनामा राखिएको थियो। २०८१ साउन २१ गतेदेखि उनी थुनामा थिए।
२०८१ चैत २५ गते जिल्ला अदालतले उनलाई १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो।
'कारागारको 'बी' ब्लकमा राखिएको थियो। कसरी भागे भनेर हामीले अनुसन्धान र छलफल भइरहेको छ,' डिएसपी खतिवडाले भने।