धादिङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते भएका छन्।
बुधबार दिउँसो साढे ३ बजे धुनिवेशी नगरपालिका-७ घट्टामोड नौबिसेस्थित त्रिभुवन राजपथमा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको हो।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ध २ प ३१४६ नं.को मोटरसाइकललाई युपि ५१ सिटी २६०१ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको हो।
दुर्घटनापछि उक्त ट्रक अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको हो।
यसरी दुबै सवारीसाधनमा सवार मानिसहरू घाइते भएको प्रहरीले जनाएको छ।
घाइते तीन जनालाई उपचारको लागि काठमाडै पठाइएको छ। अन्य तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।