लुम्बिनी प्रदेश सरकाले थारु समुदायको पर्व ‘बड्का अत्तवारी’को अवसरमा थारु बहुल जिल्लाहरुमा बिदा दिने भएको छ।
भदौ ८ गते दिन थारुहरुको सघन बसोबास रहेका ६ जिल्लाहरुमा सार्वजनिक बिदा दिइएको हो।
प्रदेशका १२ जिल्लामध्य थारु समुदायको बसोजास बढी रहेका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिइएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव तथा प्रवक्ता कृष्णप्रसाद नेपालले सार्वजनिक सूचना मार्फत ८ गते बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।
‘बड्का अत्तवारी’को थारू समुदायका पुरुषहरू उपवास ‘ब्रत’ बस्ने गर्छन्।
मटवा महासंघका केन्द्रीय अध्यक्ष तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका अनुसार शनिबार नै थारु पुरुषहरु दर खाने गर्छन । सुर्य अस्ताएपछि मात्रै दर खाने चलन छ।
त्यसका लागि उनीहरुले गरी आफै रोटी पकाउँछन्। काँक्रा, अम्बा जस्ता फलफूल अनिवार्य मानिन्छन्। रोटी पकाउँदा उनीहरु एकतर्फी मात्रै पकाउँछन् । पौराणिक कथा अनुसार भीमले रोटी पकाउँदा पकाउँदै छोडेर युद्धमा जानु परेको थियो।
त्यसैको सम्झनामा आफूलाई भिमका सच्चा अनुयायी ठान्ने थारुहरु एकतर्फी रोटी मात्रै पकाउने गर्छन। उपलब्ध भएसम्म बिभिन्न आधा दर्जन बढी प्रकारका तरकारीहरु पकाउँछन्।
दिदी-बहिनीका लागि भाग छुट्याउँछन्।
अट्वारीको दिन विशेषगरी आगो र भिमको पूजा गर्छन्।
त्यसको अर्थ आफू खेती किसानीदेखि गृहस्थी जीवनका हरेक कार्यहरुमा भिम जस्तै बलबान र आगो जस्तै राप र ताप युक्त बन्न सकौं भनेर कामना गर्नु हुने नेपाली काँग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता चौधरीले बताए ।
कुशे औंसी पछिको पहिलो आइतबार थारु समुदाय अट्वारी पर्व धुमधाम मनाउँछन्।