आइपिएल २०२५ अन्तर्गत बिहीबार राति मुम्बईको वानखेड़े स्टेडियममा भएको रोमाञ्चक खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ४ विकेटले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ।
पहिलो ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनायो।
टोलीका लागि अभिषेक शर्माले ४० रन बनाए भने हेनरिक क्लासेनले ३७ रनको योगदान दिए। मुम्बईका बलर जसप्रीत बुमराहले किफायती बलिङ गर्दै ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए। ज्याक विल्सले २ विकेट लिए।
१६३ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको मुम्बईले १८.१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
मुम्बईका लागि ज्याक विल्से ३६ रन बनाए भने रायन रिकेल्टनले ३१ रनको योगदान दिए। बलिङमा हैदरावादका पाट कमिन्सले ३ विकेट लिए।