गण्डकी हिरोजले दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुरुष क्लबस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सिइसी काठमाडौंलाई ५ विकेटले हराउँदै च्याम्पियन बनेको हो।
च्याम्पियन गण्डकीले दश लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता काठमाडौंले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ।
१८३ रनको विजयी लक्ष्य गण्डकीले १७.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
गण्डकीका बसन्त कार्की २७ रन तथा नारायण जोशी १३ रनमा नटआउट रहँदै टोलीलाई जित दिलाए।
बसन्तले १७ बलमा ३ छक्का प्रहार गरे भने नारायणले १० बलमा १ छक्का प्रहार गरे।
किरण ठगुन्नाले ५२ रनको योगदाान गरे। उनले २६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। सुजन थपलिया ३५ रनमा अउट भए। उनले २१ बलमा ६छक्का प्रहार गरे। दिपक डुुम्रे २६ रनमा अउट भए। उनले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे।
ओपनर साकिव हकले २४ रन बनाए। उनले १५ बलमा ५ चौका प्रहार गरे। अर्जुन कुुमाल शुन्यमै पेभिलियन फर्किए।
सिइसीका लागि दिपेन्द्र रावतले ३ विकेट लिदाँ मनोज यादव र सूर्य तामाङले १–१ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौंले १९.४ ओभरमा १८२ रन बनाउँदै अलआउट भयो। अर्जुन घर्तीले ६८ रन बनाए। उनले ३४ बलमा ४ चौका र ६ छक्का प्रहार गरे।
यस्तै पृथु बास्कोटाले २९ बलमा ७ चौका र २ छक्काको मद्धतमा अर्धशतक बनाए। सिवम तिवारीले २३ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।
रित गौतम ४, दिपेन्द्र रावत ४, सुशान्त सिंह थापा ६, राजेन्द्र बम १, दिनेश बोहोरा ८, सुुर्य तामाङ ३ र युनिश विक्रम सिंह ठकुरी १ रनमा आउट भए।
बलिङमा गण्डकीका लागि अमृत गुरुङ र कृष्ण पौडेलले समान ३–३ विकेट लिए भने विपिन खत्री र मिलन बोहोराले २–२ विकेट लिए। गण्डकी हिरोजका किरण ठगुन्ना प्लेयरअफ दि म्याच घोषित भए ।
यस्तै काठमाडौंका दिपेन्द्र रावत प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे। उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुम्बिनीका अजय कुमार चौहान घोषित हुँदै समान २०–२० हजार रुपैयाँ प्राप्त गरे ।
चैत २३ गतेबाट सुरुभएको प्रतियोगितामा १६ टिमको सहभागिता थियो। बागमतिबाट ४ र अन्य प्रदेशबाट २–२ वटा क्लबको सहभागिता रहेको थियो। यी बाहेक एकेडेमीले पुस १७ गते इन्डो नेपाल भलिबल, फुल कन्ट्याक्ट कराते, राष्ट्रिय जुुनियर टेबलटेनिस, बैशाख ८ गते राष्ट्रिय तेक्वान्दो, २० गते रोड रेस, जेठ ३ गते महिला राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको छ।