पहिले चेतेश्वर पुजारा र अजिङ्क रहाणेको सतकीय इनिङ, त्यसपछि तल्लो क्रमका ब्याट्सम्यानले राम्रो ब्याटिङ गरेपछि भारतले श्रीलंकाविरुद्ध दोस्रो टेस्टको पहिलो इनिङमा विशाल ६ सय २२ रन बनाएको छ। भारतले नौ विकेटको क्षतिमा विशाल योगफल तयार पारेपछि दिउँसो चियाको समय इनिङ समाप्तीको घोषणा गर्यो।
भारतका लागि पुजाराले १ सय ३३ र रहाणेले १ सय ३२ रन बनाए। तल्लो क्रममा रवीचन्द्रन अश्विन, रिद्धिमान शाह र रवीन्द्र जडेजाले अर्धसतक बनाए। जडेजा ७० रन बनाएर अविजित रहे। इनिङ समाप्तीको घोषणा गर्दा उमेश यादव पनि ८ रन बनाएर खेलिरहेका थिए।
विहिबार पहिलो दिन लोकेश राहुलले ५७ रन बनाएका थिए। शुक्रबार दोस्रो दिन रिद्धिमानले ६७ र अश्विनले ५४ रन बनाए।