टेस्ट कप्तान जोए रुट टेस्ट क्रिकेटमा छिटो ५ हजार रन पुरा गर्ने पाँचौ इङ्लिस ब्याट्सम्यान बन्न पुगेका छन्। उनले दक्षिण अप्रिकाविरुद्ध शुक्रबार रातीदेखि सुरु भएको चौथो टेस्टको पहिलो दिन यो कीर्तिमान बनाएका हुन्।
रुटले ५२ रन बनाउने क्रममा ५७ टेस्टको १ सय ५ इनिङमा ५ हजार रन पुरा गरे। उनीभन्दा अगाडि ज्याक हब्स (५५ टेस्ट ९१ इनिङ), वाली हामन्ड (५९ टेस्ट ९७ इनिङ), केन बेरिङ्टन (६१ टेस्ट ९७ इनिङ), लेन हटन (५५ टेस्ट ९८ इनिङ) ले ५ हजार रन पुरा गरेका थिए।
उनी सबैभन्दा छिटो टेस्ट क्रिकेटमा ५ हजार रन बनाउने अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा १५ औं नम्बरमा परेका छन्।
चौथो टेस्टको पहिलो दिन इङ्ल्यान्डले पहिलो ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा २ सय ६० रन बनाएको छ। इङ्ल्यान्डका लागि बेन स्टोक्सले ५८ रन बनाएका छन्।