भारतविरुद्ध दोस्रो टेस्टमा श्रीलंका फलोअनमा परेको छ। सिङ्घाली रंगशालामा भइरहेको दोस्रो टेस्टको शनिवार तेस्रो दिन श्रीलंका १ सय ८३ रनमा अलआउट भयो।
श्रीलंकालाई फलोअनमा धकेल्न रवीचन्द्रन अश्विनले ५ विकेट लिए। भारतले पहिलो इनिङमा बनाएको ६ सय २२ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका फलोअनमा परेको हो।
भारतलाई पहिलो इनिङमा ४ सय ३९ रनको अग्रता प्राप्त भएको थियो। शनिवार पुनः दोस्रो इनिङको सुरुवात गरेको श्रीलंकाले चियाको समय हुँदा १ सय १८ रनको अवस्थामा एक विकेट गुमाइसकेको छ।