इंग्लिस प्रिमियर लिगमा चेल्सीले एभर्टनविरूद्ध आधा दर्जन गोल हानेको छ।
मंगलबार स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभरटनलाई ६-० गोलले पराजित गरेको हो।
त्यस क्रममा कोल पाल्मरले चार गोल हाने।
उनले २९ औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मरले १८ औं मिनेटमा दोस्रो र २९ औं मिनेटमा तेस्रो गोल गरे।
४४ औं मिनेटमा निकोलश ज्याक्सनले गोल गरेपछि चेल्सी पहिलो हाफमै ५-० गोलले अगाडि थियो।
दोस्रो हाफको अन्तिम मिनेटमा एल्फाई गिलक्रिस्टले गोल गरेपछि चेल्सी ६-० गोलले विजयी भएको हो।
प्रिमियर लिगको अंक तालिकामा चेल्सी नवौं स्थानमा छ। ३१ खेल खेलेर उसले ४७ अंक जोडेको छ। एभर्टन सोह्रौं स्थानमा छ।