सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन मंसिर १ गतेदेखि सुरू हुँदैछ।
दोस्रो सिजनका लागि आठै वटा फ्रेञ्चाइज टोलीले तयारी तीव्र पारेका छन्। विदेशी खेलाडीका कारण रौनक बढिरहेको यो सिजनमा अहिले १४ देशका ३४ खेलाडी भित्रिसकेका छन्। फ्रेञ्चाइज टोलीले कोटाअनुसार विदेशी खेलाडी भित्र्याउन बाँकी रहेकाले यो संख्या अझ बढ्नेछ।
एक फ्रेञ्चाइज टोलीमा अधिकतम ६ जना विदेशी खेलाडी भित्र्याउन सक्ने प्रावधान छ। जसमा प्लेइङ-११ मा ४ जना मात्र विदेशी खेलाडीले खेल्न पाउनेछन्।
अहिलेसम्म इंग्ल्यान्डका ७ खेलाडीले एनपिएल खेल्न सम्झौता गरेका छन्। यस्तै, दक्षिण अफ्रिका र अस्ट्रेलियाका ५-५ खेलाडी एनपिएलका लागि आउने तय छ।
अमेरिकाबाट ४ जना खेलाडी नेपाल आउँदैछन्। ४ अमेरिकी खेलाडीमध्ये ३ जना भारतीय मूलका र १ जना श्रीलंकन मूलका खेलाडी छन्।
नामिबिया, स्कल्यान्ड र न्युजिल्यान्डका २-२ जना खेलाडीले यो सिजन एनपिएल खेल्दैछन्। पाकिस्तान, अफगानिस्तान, वेस्ट इन्डिज, इटाली, नेदरल्यान्ड्स, भारत र युगान्डाका १-१ खेलाडी पनि यो सिजन नेपाल आउनेछन्।
नेपाल आउन लागेका चर्चित खेलाडीमा दक्षिण अफ्रिकाका फाप डु प्लेसिस (विराटनगर किंग्स), न्युजिल्यान्डका मार्टिन गप्टिल (विराटनगर किंग्स), दक्षिण अफ्रिकाका बलर इमरान ताहिर (जनकपुर बोल्ट्स), इंग्ल्यान्डका रवी बोपारा (चितवन राइनोज), अस्ट्रेलियाका ब्याटर क्रिन लिन (सुदूरपश्चिम रोयल्स) लगायत छन्।
फ्रेञ्चाइज टोलीमा आबद्ध नेपाली खेलाडीको पारिश्रमिक २ लाखदेखि २२ लाख रूपैयाँसम्म छ। तर विदेशी खेलाडीको पारिश्रमिक भने न फ्रेञ्चाइज टोलीले सार्वजनिक गरेका छन् न क्यानले नै चासो देखाएको छ।
गत सिजन भारतका शिखर धवनले एकै खेलको ४० लाख रूपैयाँमा सम्झौता गरेका थिए। उनले चार खेल खेलेका थिए। त्यतिबेला कर्णाली याक्सले उनको पारिश्रमिक सार्वजनिक गर्दा क्यानले आपत्ति समेत जनाएको थियो।
यो सिजन अहिलेसम्म आबद्ध भएका विदेशी खेलाडी
विराटनगर किंग्स
जर्ज मन्सी – ब्याटर - स्कटल्यान्ड
साम हेजलेट – ब्याटर – अस्ट्रेलिया
फाप डु प्लेसिस – ब्याटर – दक्षिण अफ्रिका
मार्टिन गप्टिल – ब्याटर – न्युजिल्यान्ड
मरकान्ट डी लाङ्ग – बलर – दक्षिण अफ्रिका
जनकपुर बोल्ट्स
लाहिरू मिलन्था – विकेटकिपर ब्याटर- अमेरिका (श्रीलंकन मुलका)
जान निकोल लोफ्टी इटन – ब्याटिङ अलराउन्डर – नामिबिया
वेन पार्नेल – बलर- दक्षिण अफ्रिका
इमरान ताहिर – बलर – दक्षिण अफ्रिका
चितवन राइनोज
डविड मलान – टप अडर ब्याटर – इंग्ल्यान्ड
रवी बोपारा – ब्याटिङ अलराउन्डर – इंग्ल्यान्ड
सोहेल तन्विर – बलर – पाकिस्तान
अल्पेश रामजनी – अलराउन्डर – युगान्डा
सइब अली जइब – ब्याटिङ अलराउन्डर – इंग्ल्यान्ड
काठमान्डु गोर्खाज
रिकार्डो भास्कोनेसेलोस - विकेटकिपर–ब्याटर – दक्षिण अफ्रिका
जेरहार्ड इरसमस – अलराउन्डर – नामिबिया
मिलिन्द कुमार – ब्याटर – अमेरिका (भारतीय मूलका)
बेन चार्ल्सवर्थ – ब्याटर – इंग्ल्यान्ड
सन्नी पटेल – अलराउन्डर – अमेरिका (भारतीय मूलका)
जोन सिम्पसन – विकेटकिपर ब्याटर – इंग्ल्यान्ड
पोखरा एभेन्जर्स
ड्यान डाउथवेट – अलराउन्डर – इंग्ल्यान्ड
रेमन्ड राइफर – अलराउन्डर – वेस्ट इन्डिज
एडम रोसिङटम – विकेटकिपर ब्याटर – इंग्ल्यान्ड
लुम्बिनी लायन्स
गुल्बादिन नैब – अलराउन्डर – अफगानिस्तान
डार्शी सर्ट – ओपनिङ ब्याटर – अस्ट्रेलिया
थोमस ड्राका – बलर - इटाली
कर्णाली याक्स
विल बोसिस्टो – अलराउन्डर – अस्ट्रेलिया
म्याक्स ओ’डाउड – ओपनिङ ब्याटर – नेदरल्यान्ड्स
मार्क वाट – बलर – स्कटल्यान्ड
प्रियांक पन्चल – ओपनिङ ब्याटर - भारत
सुदूरपश्चिम रोयल्स
क्रिस लिन – ब्याटर – अस्ट्रेलिया
स्कट कुगेलेइन – बलिङ अलराउन्डर – न्युजिल्यान्ड
हर्मित सिंह – बलिङ अलराउन्डर – अमेरिका (भारतीय मूलका)
जोस ब्राउन – ब्याटर – अस्ट्रेलिया