सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य सार्वजनिक गरिएको छ।
मंसिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट रंगशालामा हुने दोस्रो संस्करणको एनपिएलका लागि क्यानले बिहीबार टिकट दर सार्वजनिक गरेको हो।
साथै टिकट बिक्री खुल्ला गरिएको गरिएको छ। पहिलो चरणमा प्रतियोगिताको पहिलो ६ दिनको खेलहरुको लागि टिकट विक्री खुल्ला गरिएको व्यहोरा सम्पूर्णमा जानकारी गराउन चाहन्छौ। टिकट खल्ती एपबाट काट्न सकिनेछ।
उदघाटन र शनिबारको टिकट मूल्य साधारणतर्फ ५ सय रूपैयाँ रहेको छ। यस्तै उदघाटन र शनिबारको प्रिमियम टिकट मूल्य १५ सय रूपैयाँ तोकिएको छ। यसैगरी अन्य दिनको समूह चरणको खेलको टिकट मूल्य साधारणतर्फ ५ सय रूपैयाँ र प्रिमियमतर्फ १ हजार रूपैयाँ छ। यस्तै प्लेअफ र फाइनलको साधारणतर्फ १ हजार र प्रिमियमतर्फ २ हजार रूपैयाँ टिकट रहेको छ।

सिजनभरीकै पास किन्न चाहनेका लागि १५ हजार रूपैयाँ मूल्य तोकिएको छ।
मंसिर १ गते हुने उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच हुनेछ। सो खेल दिउँसो ४ बजे सुरू हुनेछ। जसका कारण यो खेलको दोस्रो इनिङ्स फ्लडलाइटमा हुनेछ।
आठ टोलीबीच हुने प्रतियोगिताको समूह चरणमा २८ खेल हुनेछन्।
दिनको दुई खेल हुँदा पहिलो खेल पौने १२ र दोस्रो खेल ३:३० तथा ४ बजे सुरू हुनेछन्। जसका कारण अधिकांश दोस्रो खेल फ्लडलाइटमा हुनेछन्। प्लेअफका ३ खेलहरू ४ बजे सुरू हुनेछ।
मंसिर २७ गते हुने फाइनल पनि फ्लडलाइनमै हुने तयारी छ।
कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा गर्ने तालिका सार्वजनिक भएको छ। एकमात्र खेल हुने दिन फ्लडलाइटमै खेल हुनेछ।
हेर्नुस् खेल तालिका :-