राजधानीस्थित आर्मी अफिसर्स क्लबमा मंगलबार ‘एलजी सिने सर्कल अवार्ड’ सम्पन्न भएको छ। फिल्म 'माइतीघर' जोडी माला सिन्हा र सिपी लोहनीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा उत्कृष्ट २३ विधामा अवार्ड प्रदान गरिएको थियो।
फिल्म 'जात्रा'ले सर्वाधिक ६ वटा विधामा अवार्ड जितेको छ भने फिल्म छक्का पञ्जाले ५ वटा विधामा अवार्ड प्राप्त गरेको छ।
जात्राले निर्देशक (प्रदीप भट्टराई), सिनेमा, छायाँकार(दीर्घ गुरुङ) , पटकथा (प्रदीप भट्टराई) , अभिनेता (विपिन कार्की )र अभिनेत्रीमा बर्षा राउतले उत्कृष्ट को अवार्ड हात पारेका छन्। यसैगरि छक्का पञ्जाले कोरियोग्राफर (कविराज गहतराज),पपुलर (अभिनेत्री प्रियंका कार्की ), पपुलर अभिनेता (दीपकराज गिरी), सर्वाधिक ग्रसर सिनेमा डिरेक्टर अफ दि ईयर (दीपाश्री निरौला) र पोस्टर अफ द ईयरको अवार्ड सुन्दर श्रेष्ठले हात पारेका छन्।
अवार्ड कार्यक्रममा फिल्म 'माइतीघर' बाट अभिनेता सीपी लोहनी र अभिनेत्री माला सिन्हालाई विशेष सम्मान गरिएको थियो।
यसैगरि द्वन्द निर्देशक एनबी महर्जनलाई नगद ५१ हजार रुपैयाँ सहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो।
हेर्नुस उत्कृष्ट २३ को सूची
१. उत्कृष्ट फिल्म : जात्रा
२. उत्कृष्ट निर्देशक : प्रदिप भट्टराई (जात्रा)
३. उत्कृष्ट नायक : विपिन कार्की (जात्रा)
४. उत्कृष्ट नायिकाः बर्षा राउत (जात्रा)
५.उत्कृष्ट छायाँकार : दिर्घ गुरुगं (जात्रा)
६. उत्कृष्ट संगीतकार : कालिप्रसाद बाँस्कोटा (निर जहिले रिसाउने, पुरानो डुंगा)
७. उत्कृष्ट जोडी : माओत्से गुरुङ र मेनुका प्रधान (पुरानो डुंगा)
८.उत्कृष्ट कोरियोग्राफर : कविराज गहतराज (छक्का पन्जा)
९. उत्कृष्ट एक्सन संयोजक : हिमाल केसी (के म तिम्रो होइन र)
१०. उत्कृष्ट पाश्र्व गायिका : मिना निरौला (ठमेल बजार, लुट २)
११. उत्कृष्ट पाश्र्व गायक : युवराज चौलागाईं (पलाँस)
१२. उत्कृष्ट पटकथाः प्रदिप भट्टराई (जात्रा)
१३. उत्कृष्ट पाश्र्व संगीत : शैलेस श्रेष्ठ (गाजलु)
१४. उत्कृष्ट सम्पादक : अर्जुन जीसी (विर विक्रम)
१५. उत्कृष्ट पपुलर अभिनेत्री : प्रियंका कार्की (छक्का पन्जा)
१६. उत्कृष्ट पपुलर अभिनेताः दीपकराज गिरी (छक्का पन्जा)
१७. उत्कृष्ट कमेन्डेबल मुभि अफ द इयर : विजुली मेसिन (नविन अवाल)
१८. सर्वाधिक ग्रसर फिल्म डिरेक्टर अफ द इयर : दीपाश्री निरौला (छक्का पन्जा)
१९. उत्कृष्ट भीएफएक्स अफ द इयर : सत्यम राना र सुदिप आचाय (जय पर्शुराम)
२०. उत्कृष्ट पपुलर सङ अफ द इयर : कालिप्रसाद बाँस्कोटा, ठमेल बजार (लुट २)
२१. उत्कृष्ट स्टन्ट अफ द इयर : राजु तामाङ (जय पर्शुराम)
२२. उत्कष्ट ट्रेलर अफ द इयर : सुरेन्द्र पौडेल (लुट २)
२३. उत्कृष्ट पोष्टर अफ द इयर : सुन्दर श्रेष्ठ (छक्का पन्जा)